चिकित्सक संघले आईतबार आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने

काठमाडौं 

नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो । दोषीलाई कारबाहीको प्रक्रिया अघि नबढाएको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो ।

स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिले नै मेलमिलापको बाहानामा घटनालाई निस्तेज पार्न खोजेको संघको आरोप छ । ती निकायमाथि पनि छानबिन गर्न संघले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *