पर्वत ।
पर्वतमा हालसम्मको मतगणना अनुसार प्रतिनिधीसभा तर्फ गठबन्धनको अग्रता कायमै छ । नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशीले ४ हजार ९ सय २ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेकपा एमालेका पदम गिरीले पच्छाईरहनुभएको छ । गिरीले ४ हजार ३ सय ४३ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा क मा नेकपा माओबादी केन्द्रका सुदीप कुँवरले ४ हजार ७ सय २६ मत प्राप्त गरि अगाडी हुनुहुन्छ । उहाँलाई नेकपा एमालेकाका भक्त कुँवरले पच्छाईरहनुभएको छ । एमालेका भक्तले ४ हजार ६ सय ३० मत ल्याउनुभएको छ । प्रदेशसभा ख मा नेकपा एमालेका मित्रलाल बस्यालले नेपाली काँग्रेसका ऋषिकेश तिवारीलाई पछि पार्नुभएको छ । एमालेका बस्यालले ३ हजार ७ सय मत पाउनुभएको छ भने काँग्रेसका तिवारीले ३ हजार १ सय ७० मत ल्याउनुभएको छ ।अहिलेसम्म जलजला १ बाँसखर्क, जलजला २, ३, ४, शालिजा, नाङलीवाङ बनौ र पैयू गाउँपालिकाको टकलाक, बेउलिबास, भोेर्ले, सरौखोला र त्रिबेणिको मतगणना भएको छ ।