बेलायतमा सात नवजात शिशुको हत्या गरेको अभियोगमा नर्स दोषी ठहर

लायतमा सात जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहरिएकी छन् । गएको अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको आरोप लगाइएको थियो ।म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाइ र छलफलपछि आरोपलाई पुष्टिसहित फैसला सुनाएको समाचार संस्था एएफपीले जनाएको छ । सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म काउन्टेस अफ चेस्टर अस्पतालमा नवजात शिशुको ज्यान गएपछि लेट्बीलाई पक्राउ गरिएको थियो ।अदालतको सुनुवाइका क्रममा उनका सहकर्मीले हरेक बच्चाहरू बिरामी परेको वा उनीहरूको ज्यान गएको समयमा लेट्बी सिफ्टमा रहेको देखेपछि चिन्ता व्यक्त गरेको बताएका थिए । नर्स लेट्बीलाई पक्राउ गरी दुई पटक रिहा गरिएको थियो । सन् २०२० मा उनी तेस्रो पटक पक्राउ परेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *