भारतद्वारा गैर बासमती चामल निर्यातमा प्रतिबन्ध

काठमाडौँ ।

भारतले आज एक सूचना जारी गरी गैरबासमती चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।

भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमी भएको छ । यसवर्ष उत्पादन घट्ने अनुमान सँगै भारतमा चामलको मूल्य बढ्न थालेकाे छ ।  खाद्य आपूर्तिमा कमी नहोस्र भनेर सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतले चामल निर्यातमा प्रतिबन्ध गरेपछि खाद्य आपूर्ति शृंखलामा अवरोध हुन गई यसले नेपाल लगायत मुलुकमा समेत चामलको मूल्य बढ्ने अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *