माेदीकाे लेस्पारमा रहेकाे सहश्रधारामा वर माग्ने मेला, भक्तजनहरूको घुँइचो

पर्वत ।

श्रावण शुक्ल पूर्णिमा अर्थात जनै  पूर्णिमाका दिन माेदी गाउँ पालिकाकाे वडा नं ४ काे लेस्पारमा रहेकाे सहश्रधारामा  बिहानैदेखि वर माग्ने मेला लागेकाे छ । हरेक वर्ष लाग्ने मेला भर्न टाढा टाढाबाट हजाराै भक्तजनहरू लेस्पारकाे  सहश्रधारामा पुग्ने गर्दछन् । सो स्थानमा पूजा गर्न तथा बर माग्न जनै पूर्णीमाकाे अघिल्लो दिन देखि नै भक्तजनहरूको भीड लागेको छ ।

आफूले  चिताएकाे मनाेकांक्षाा पूरा गराउनकाे लागि  बर माग्न भक्तजनहरू यहाँ आएर पूजाआजा गर्ने गर्दछन्। करिब २६०० मिटर उचाइमा रहेकाे  सहश्रधारामा  बराह र बाराही देवीका मन्दिरहरू रहेका छन् । ती मन्दिरहरूमा स्थानीय मगर जातिका पुजारीहरुले पूजा गर्ने गर्दछन् । त्यहाँ पुगेर वर मागेपछि मनाेकांक्षाा पूरा हुने विश्वास रही आएकाे छ ।

पहिले सहस्रधारामा पुग्न भक्तजनहरूले निकै कठिनाई भोग्ने गर्दथे। कठिन यात्रा र ओढारको बास बस्नु पर्दथ्यो । तर  पछिल्ला वर्षहरूमा सडक, सिँढी, सत्तल तथा अन्य पूर्वाधारहरुको निर्माण गरिए सँगै सहजता भएको छ । पाहुनाहरुको लागि नजिकैको गाउँमा होम स्टेको समेत व्यवस्था मिलाइएको पूजा व्यवस्थापन समितिले जानकारी दिएको छ ।

 

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.

No photo description available.

No photo description available.No photo description available.No photo description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *