लाङदीमा पहिरोले घर पुरिँदा दुई जना वेपत्ता

पर्वत।

हिजो रातिको अविरल वर्षाले मोदी गाउँ पालिका वडा नं ३ लाङ्दिमा पहिरोले छविलाल विकको घर पुरिँदा घरधनी छविलाल विक र उनकी श्रीमती वेपत्ता भएका छन् भने एक जनाको सकुशल उद्दार गरिएको खबर प्राप्त भएको छ ।
लाङ्दी स्थित छविलाल विश्वकर्माको एक तले घर पुरिँदा ७६ वर्षिय बृद्ध छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमती विक पुरिनुभएको हो । उहाँकी बुहारी ३२ वर्षिया पवित्रा विक भने घरवाट पहिरो झर्ने वित्तिकै भागेर बच्न सफल हुनुभएको छ ।

सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् । अहिले वेपत्ता दम्पितिको खोजी कार्य भैरहेको मोदी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनु भयो ।

घटनास्थलतर्फ प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *