पर्वत ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका–८ दुर्गाफाँट कुडेलेमा बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । २५ जना घाइते भएका छन् । घाइतेको उपचारका लागि सन्धिखर्क र पाल्पाको तानसेन लगिएको प्रहरीले जनाएको छ ।
पर्वत जिल्लाबाट अर्घाखाँची घुम्न आएको ध १ ख ५०४ नम्बरको यात्रु बाहक बस फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक दिवस बहादुर जिसीले बताउनुभयो ।