पर्वत ।
आज नेपालीहरुको पर्व बालाचतुर्दशी अर्थात सत्बीज छर्ने दिन रहेको छ । यो पर्व मङ्सिर महिनाको कृष्ण चतुर्दशीका दिन विभिन्न नदी, ताल, गुफा, मन्दिर तथा पवित्रधामहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ ।
सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।
मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ ।
नेपालीमा ‘शतम्’को अर्थ सय र ‘बीज’को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यस अवसरमा
आजको दिन बिहानैदेखि काठमाण्डौको पशुपतिनाथ लगायत गलेश्वर, पञ्चासे, गलेश्वर मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ । पर्वतमा रहेका गुप्तेश्वर , मोदी बेनी, डहरे देउराली, महाशिला, सहस्रधारा, मोदी र पातिखोलाको संगम लगायतका धार्मिक स्थलहरूमा भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ ।
यसै पर्वलाई मध्यनजर गरि स्थानीय धर्म सस्कृतको संरक्षण र महत्व बोध गराउन मोदी गाउँपालिका, पातिचौर पर्बतले पनि आज सार्वजनिक बिदा दिएको छ । यस पालिकाअन्तर्गतका पन्चासे,भमरकोट,सस्रधारामा सतबीज छर्ने तथा मोदी र पातिखोलाको सङमस्थल पातिचौरमा तोरण तार्ने प्रचलन पनि रहेको छ ।
