उत्तरवाहिनी महामेला तथा दामोदर धर्मोत्सव–२०८२ मा आयोजित वक्तित्वकलाको उपाधि पर्वत, मोदीका सुवास पौडेललाई

स्याङ्जाको गल्याङ नगरपालिका–१ र पाल्पाको रम्भा गाउँपालिका–१ को संगमस्थल उत्तरवाहिनीमा सञ्चालन भैरहेको उत्तरवाहिनी महामेला तथा दामोदर धर्मोत्सव–२०८२ मा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगिताको उपाधी सुवास पौडेलले जित्नुभएको छ ।  अन्य ६४ जना प्रतिस्पर्धीलाई पछि पार्दै पर्वतको मोदी गाउँपालिका ७ मा रहेको पशुपति माविका पौडेलले उपाधि जित्नुभएको हो ।  श्री कालीगण्डकी गुरुकुलम, उत्तरवाहिनीको आयोजनामा भएको प्रतियोगितामा कालीगण्डकी गुरुकुलमका राघब बस्याल दोश्रो तथा कपिलवस्तु विद्यामन्दिर वाणगंगाकी श्रद्धा घिमिरे तेस्रो हुनुभएको छ । यस्तै प्रतियोगितामा पाँच जना सान्त्वना हुनभएको छ । जसमा परमानन्द स्मृति वैदिक विद्या मन्दिर, चितवनका श्रीकृष्ण न्यौपाने, भू पू सैनिक राइजिङ आवासीय मा वि ,  रामपुर पाल्पाका डिप्लब सेन, काजिमान हरिटिका मावि पुतलीबजार स्याङ्जाकी रितिका केसी, चिराग आवासीय मावि गल्याङकी प्रकृति पाण्डे, र सरस्वती मावि, वालिङ १३ का शंकर न्यौपाने सान्त्वना हुनुभएको हो । यसैगरी, प्रोत्साहन पुरस्कार जगन्नाथ मा वि सुनवल १२, भुमही,  नवलपरासीका प्रशंसा महतोलाई प्रदान गरिएको कार्यक्रम संयोजक तथा निर्णयक संयोजक डाक्टर तुलसी प्रभास खनालले जानकारी दिनुभयो ।  शनिबार हरिबोधनी एकादशीको दिन प्रतियोगिता सञ्चालन गरिने भनिएपनि प्रतिस्पर्धी धेरै भएपछि आइतबार समेत प्रतियोगिता संचालन गरिएको आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट कक्षा ७ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी भएको निर्णायक समितिका संयोजक प्रभासले जानकारी दिनुभयो ।  प्रतियोगिताको विषय “उत्तरवाहिनी, कालीगण्डकी र शालग्रामको महत्व” रहेको थियो ।  उत्तरवाहिनी क्षेत्रस्थित कालीगण्डकी गुरुकुलमको पाल्पा तर्फको हलमा सञ्चालन भएको प्रतियोगितामार्फत विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतना अभिवृद्धि गर्न र वक्तृत्वकला तथा आत्मविश्वास विकासमा योगदान पु¥याउने उद्देश्य राखेको जनाएको छ । ६५ जना प्रतिस्पर्धि रहेको प्रतियोगितामा उत्कृष्ट वक्तालाई आकर्षक नगद पुरस्कार प्रदान गरिएको छ ।  विजेताहरुलाई प्रथम पुरस्कार रु ३१,०००, द्वितीय पुरस्कार रु २१,०००, तृतीय पुरस्कार रु ११,००० तथा सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु ५,१०० प्रदान गरिएको हो । प्रतियोगिताको आयोजना उत्तरवाहिनीमा रहेको श्री कालीगण्डकी गुरुकुलमले गरेको हो । प्रतियोगितामा निर्णयक संयोजक डाक्टर तुलसी प्रभास खनाल रहनुभएको थियो भने निर्णायकहरुमा सुस्मा पौडेल र आचार्य भागवत रहनुभएको थियो ।

(गण्डकी दर्पण बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *