पर्वत।
गत असार २२ गते सेती नदीमा आएको बाढीले तनहुँ हाइड्रोपावरको निर्माण कार्यमा अन्योल सिर्जना गरेको थियो । यसवर्ष भने आयोजनाले मनसुनअघि नै बाढी पूर्वसूचना प्रणाली जडान गरेको छ । यस प्रणालीले अस्थायी बाँधको बाढीको सतहको डेटा ४ किलोमिटर तल साइट अफिसमा वास्तविक समयमा देखाउँछ, जसले बाढीको जोखिमबारे तत्काल जानकारी दिई जनधनको क्षति न्यूनीकरण गर्छ ।
भौगोलिक कठिनाइ र मोबाइल सञ्जालको समस्याका कारण वायरलेस प्रविधि प्रयोग गरिएको यो प्रणाली नेपालमा पहिलो पटक सफल प्रयोग भएको हो । इनोभेटिभ इन्जिनियरिङ्ग सर्भिसेजले डिजाइन गरेको यो प्रविधिले निश्चित जलस्तर नाघ्दा साइरन बजाउने र एसएमएस अलर्ट पठाउने काम पनि गर्छ, जुन अन्य जलविद्युत् आयोजना र विपद् व्यवस्थापनका लागि उपयोगी हुन सक्छ ।