काठमाडौं ।
प्रधानमन्त्री सुशील कार्कीले आज मन्त्री परिषद विस्तार गर्नुभएको छ । नव नियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनु भएको छ । जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीको शपथ लिनु भएको हो ।
मन्त्री नियुक्तिको लागि नाम आएका अन्य दुई जनाको भने शपथ रोकिएको छ । भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रममन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको शपथ रोकिएको हो ।
श्रममन्त्रीमा सिफारिस भएका सुनारको र भूमि सुधार मन्त्रीमा सिफारिस भएका श्रेष्ठको बारेमा विरोधका आवाज आउन थालेपछि अन्तिम समयमा आएर उनीहरुको शपथग्रहण रोकिएको हो ।