वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं ।

नेपाल र वेष्टइन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो।

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त एबम्  २ पटकको विश्वकप विजेता टिमलाई नेपालले हराएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो।

अन्तिम ओभरमा वेष्ट इन्डिजलाई जितका लागि २८ रन चाहिएको थियो। अन्तिम ओभर बलिङ गर्न दिपेन्द्र सिंह ऐरी आएका थिए। पहिलो बल डट हुँदा दोस्रो र तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले चौका भेटे। त्यसपछि लगातार २ बल डट भयो। अन्तिम बलमा बाउन्ड्रीमा रहेका कुशल भुर्तेलले उत्कृष्ट क्याच गरे।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

वेस्ट इन्डिजले पावरप्लेमा २ विकेट गुमाउँदै ४० रन बनाएको थियो। १० ओभर सकिँदा ४ विकेटको क्षतिमा ५६ रन बनाएको थियो। १७ ओभरमा आएर ७ विकेटको क्षतीमा वेष्टइन्डिजले १०० रन पूरा गर्‍यो।

अन्तिम ओभरमा वेष्ट इन्डिजलाई जितका लागि २८ रन चाहिएको थियो। अन्तिम ओभर बलिङ गर्न दिपेन्द्र सिंह ऐरी आएका थिए। पहिलो बल डट हुँदा दोस्रो र तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले चौका भेटे। त्यसपछि लगातार २ बल डट भयो। अन्तिम बलमा बाउन्ड्रीमा रहेका कुशल भुर्तेलले उत्कृष्ट क्याच गरे।

वेष्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए। डेब्युटेन्ट नवीन विदेशीले ३ विकेट लिए। कप्तान अकेल होसेनले १ विकेट लिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *