श्रीमतीको हत्या आरोपमा मोदी -६, दराकका जीतबहादुर पक्राउ

पर्वत ।

बैवाहिक जवरजस्ती करणीको मुद्दामा परि कारागार मुक्त भएका पर्वतको मोदी गाउँपालिका–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई सोमवार राति कुटपिट गरी हत्या गरेका छन् । पर्वत प्रहरीका अनुसार बिकले कागारबाट छुटेकै दिन श्रीमतीको हत्या गरेका हुन् । सीताको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो ।

कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरी घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *