सुपर सिक्समा नेपालले कतारलाई ५ रनले हरायो ; सन्दीपको सानदार बलिङ

काठमाण्डौ ।

सन्दीप लामिछानेको सानदार बलिङमा आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले मध्यराति कतारलाई ५ रनले हराएको छ। अपराजित नेपालले ६ अंक जोड्दै छनोटको संभावनालाई मजबुत बनाएको छ। कतार विरूद्धको खेल नाटकीय बन्यो। कतारका दुई खेलाडीको अर्धशतकमा जित नजिक पुगे पनि सन्दीपको तारिफयोग्य बलिङमा नेपालले ५ रनको रोचक जित दर्ज गरेको हो। हिजो युएई विरूद्ध जस्तै आज पनि अन्तिम ओभर नै निर्णायक र अपत्यारिलो बन्यो। जितको लागि १ सय ४८ रनको लक्ष्य पछाएको कतार २० ओभरमा अल आउट हुँदै १ सय ४२ रनना समेटियो। कतारले सानदार सुरुवात गर्यो। ओपनर इमाल लियानागे र जुबेर अलि क्रिजमा जमे। ५ बलर दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी , नन्दन यादव, गुलशन झा र रोहित पौडेलले यी दुईलाई आउट गर्न सकेनन्। यो क्रममा इमालले ३१ बलमा ५ चौका र ३ चौका सहित अर्धशतक बनाए। १० औं ओभरमा सन्दीपले यी दुईको ७६ रनको साझेदारी तोडे। इमाल ५६ रनमा आउट भए। सन्दीपको यो टि ट्वान्टी र ओडिआई २ सय ५० औं अन्तर्राष्ट्रिय विकेट हो। लगतै सन्दीपले मुहम्मद असिमलाई १० रनमा आउट गरे। यतिखेर कतारले २ विकेटको नोक्सानीमा ९७ रन बनाएको थियो। यसपछि १४ औं ओभरको पहिलो र दोस्रो बलमा नेपालले कतारका २ खेलाडीलाई रन आउट गरे। २ रन बनाएका मिर्जा मोहम्मदलाई दीपेन्द्रले रन आउट गरे। यस्तै रनको खाता खोल्न नसकेका मोहम्मद तनबीरलाई आदिल अलामले रन आउट गर्दा नेपालले चौथो विकेट झार्यो। यतिखेर कतारले १ सय ५ रन बनाएको थियो। सन्दीपले साहकेब जमिललाई २ रनमा बोल्ड आउट गरे। यसपछि कतारको छेटौं विकेट नन्दन यादवले लिए। १६ ओभर २ बलमा सारिक मुनिरलाई नन्दनले एलबिडब्लु धरापमा पारे। ६ विकेट गुमाउँदा कतारले १ सय २३ रन बनाइसकेको थियो। क्रिजमा अर्धशतक बनाएका जुबेर अलि टिकिरहेका थिए। नेपाल दबाबमा थियो। यसपछि ३ रन बनाएका ड्यानियल आर्चरलाई दीपेन्द्रले बोल्ड आउट गरे। १ सय २८ रनमा ७ विकेट गुमाउँदा अन्तिम १२ बलमा कतारलाई जितको लागि २२ रन जरुरी थियो। १९ औं ओभरको पहिलो बलमा नन्दनले सेट ब्याटर जुबेरलाई ५२ रनमा गुलशन द्वारा क्याच आउट गराएसँगै खेल रोमाञ्चक बन्यो। १ सय २८ रन जोड्दा कतारले आठौं विकेट गुमायो। ठूलो विकेट लिए लगतै नन्दनले ३ बल वाइड फाले भने चौथो बलमा चौका दिनु महङ्गो बन्यो। अन्तिम ओभरमा कतारलाई जितको लागि १० रन जरूरी थियो। बलिङमा सन्दीप आए। सन्दीपले पहिलो दुई बल डट फाले भने तेस्रो बलमा १ रन बनाएका आमिर फारूकलाई आउट गर्दा खेल निकै रोमाञ्चक बन्यो। बाकी ३ बलमा १ विकेटको मद्दतमा कतारलाई १० रन आवश्यक थियो। चौथो बलमा कतारले १ रन बनायो। पाँचौं बलमा मुजिबले २ रन लिए। अन्तिम बलमा कतारलाई जितको लागि ६ रन जरुरी थियो। यो बल वाइड त थियो। तर उनी स्टम्पिङ‌आउट भए। यो सँगै नेपाल ५ रनको अत्यन्त रोमाञ्चक जित निकाल्न सफल रहयो। बलिङमा सन्दीप छाए। ३.५ ओभरमा १८ रन दिएर ५ विकेटको सानदार प्रदर्शन गरे। नन्दन यादवले २ र दीपेन्द्रले १ विकेट लिए।  यसअघि अल अमेरत क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा विकेट ९ विकेट गुमाएर १ सय ४७ रन बनायो। नेपालले सुरुवात राम्रो गर्न सकेन्। पहिलो पावर प्लेमा नेपालले २ विकेट गुमाएर मात्र ३३ रन मात्र बनायो। ओपनर कुशल भुर्तेल स्कुप सट खेल्ने क्रममा मात्र ६ रनमा आउट भए। मिर्जा मोहम्मद बेगको बलमा लियानागेद्वारा क्याच आउट हुँदा नेपालले पहिलो विकेटको नोक्सानीमा १४ रन बनायो। ४.२ओभरमा अर्का ओपनर आशिफ शेख ११ बलमा बेगकै बलमा ११ रनमा पबिलोयन फर्किए। २ ओपनरलाई गुमाउँदा नेपालले २५ रन मात्र बनायो। लगत्तै कुशल मल्ल पनि आउट भए। ओपनरद्वय आसिफ र कुशल जम्न नसक्दा उत्कृष्ट प्रदर्शन गर्दै कुशललाई आलोचकलाई जवाफ दिने मौका थियो। तर यो खेलमा पनि उनी मात्र ८ रनमा ओएस अहमदको बलमा कट एण्ड बोल्ड आउट हुन पुगे। ७ ओभर ४ बलमा कुशल आउट हुँदा नेपालले ४८ रन मात्र बनाएको थियो। कमजोर सुरूवात गरेपनि कप्तान रोहित र उप कप्तान दीपेन्द्र सिंह ऐेरीले इनिङ्स सम्हाल्दै कतारका बलरहरूलाई दबाब दिए। यो क्रममा रोहितले अर्धशतक बनाए। उनले ३५ बल खेल्दै ६ छक्का र १ चौका सहित अर्धशतक बनाए। टि -ट्वान्टी आईमा उनको यो आठौं अर्धशतक हो।यी दुईले चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे। २२ बलमा १ वौका सहित २५ रन बनाएर डानियल आर्चरको बलमा क्याच आउट भए। १५ ओभरमा ४ विकेट गुमाउँदा नेपालले १ सय १० रन बनाएको थियो।  दीपेन्द्र सहित ३ खेलाडी आउट हुँदा नेपालले ६ रन बनाउने क्रममा ४ विकेट गुमायो। दीपेन्द्र,आदिल आलम, रोहित र सन्दीप जोरालाई आउट गर्दै कतारले सानदार कमब्याक गर्यो। अल राउन्डर आदिल आलम मात्र २ रनमा ड्यानियल आर्चरको‌ बलमा कट एण्ड बोल्ड भए।  आदिललाई आज ललितको स्थानमा खेलाइएको थियो। लगतै ड्यानियलले नै रोहितको ठूलो विकेट लिए। रोहित ४१ बल खेल्दै ७ चौका र १ छक्का सहित ५८ रनमा आउट भए। सन्दीप जोरा १ रनमा आउट भए। यसपछि गुल्सन झाले ८ बल खेल्दै २ छक्का प्रहार गर्दै १६ रन जोडे र कतारका कप्तान बेगको बलमा आउट भए। १ सय १६ रनको स्थितिमा नेपालले सातौं विकेट गुमायो। सोमपाल कामीले ९ बलमा १४ रन बनाए।  बलिङमा कप्तान मिर्जा मोहम्मद बेग र ड्यानियल आर्चरले समान तीन विकेट लिए। आर्चरले ३ ओभरमा २२ रन दिंदै किफायती बलिङ गरे। बेगले ४ ओभरमा २९ रन दिए।  नेपालले यो जितमा ६ अंक बनाएको छ। कतारको भने लगातार तेस्रो हार हो। उसले सुपर सिक्समा अंकको खाता खोल्न सकेको छैन । अब नेपालले ओमानसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *