हरिबोधनी एकादशीमा पोखरा सेती किनारमा भक्तजनको घुँइचो

पोखरा।

हरिबोधनी एकादशीको उपलक्ष्यमा पोखराको सेती नदीमा भक्तजनहरुको घुइँचो लागेको छ ।    हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मका चार महिनामा विष्णुका भक्तहरुले तुलसीको पूजाआराधना गरी चौमासको व्रत बसेर आजको ठुलो एकादशीमा फूल तार्ने परम्परा रहेको छ भने घरघरमा तुलसीको विवाहसमेत गर्ने प्रचलन रहेको छ ।

पोखराको तुलसीघाट, राघाट, गाईघाट, ढुङ्गे साँघुलगायतका घाटमा विभिन्न स्थानबाट फूलको डोली लिएर आएका भक्तजनहरुले तोरण तारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *