इजरायल – इरान युद्द : इरान द्वारा दोस्रो लहरको प्रत्याक्रमण शुरू

काठमाडौँ।

इरानले इजरायलविरुद्ध को अपरेसन ‘ट्रु प्रमिस ३’ को दोस्रो लहरको निशानामा तेलअभिव र हाइफा रहेको बताएको छ। इरानी राज्य टेलिभिजनका अनुसार इजरायलविरुद्ध दोस्रो लहरको आक्रमण सुरु गरिएको हो।

यो चरणमा १०० भन्दा बढी मिसाइल र ड्रोन प्रयोग गरिएको र तेलअभिव र हाइफा मुख्य निशाना रहेको जनाइएको छ।

“यो आक्रमणले इजरायली जनताको निद्रा बिगार्नेछ,” टेलिभिजनलाई उदृद्ध गर्दै बीबीसीले उल्लेख गरेको छ। यसअघि इजरायली रक्षा बल (आइडीएफ) ले इजरायली जनतालाई सतर्क रहन र अलार्म बजेपछि सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *