यी हुन् सरकारका ४ निर्णय
१. गत भदौ २३ र २४ गतेको आन्दोलन र यसअघि विभिन्न समयमा भएका आन्दोलनमा ज्यान आहुति दिएका ज्ञात र अज्ञात शहीदप्रति भावपूर्ण सम्मान र श्रद्धाञ्जली व्यक्त
२. नेपाल सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसस्मित पोखरेललाई तोक्ने
३. सरकारको शासकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गर्ने । प्रवक्ता पोखरेलका अनुसार शनिबार (चैत १४)सम्म शासकीय सुधारका १०० कार्यसूची प्रकाशित गरिनेछ ।
४. भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।
– उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गरेको सिफारिस बमोजिम गर्ने ।
– अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने ।