भारतमा आज दिउँसो जहाज दुर्घटना भएको छ। गुजरात प्रान्तको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एयर इन्डियाको जहाज दुर्घटना भएको हो। यो दुर्घटना बिहीबार दिउँसो १ देखि २ बजेबीचको समयमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। लण्डनको ग्याटविकका लागि उडेको अन्तर्राष्ट्रिय विमान दुर्घटनामा परेको जनाइएको छ। जहाजमा २४२ यात्रु सवार थिए। अहिलेसम्म दुर्घटनाको विमान टेकअफको समया दुर्घटना भएको भनिएको छ।
विमानस्थल आसपास धुवाँको मुस्लो उडिरहेको तस्बिरहरू भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। दुर्घटनामा एक जना यात्रु झ्यालबाट हाम फालेर बाँच्न सफल भएका छन् । विमानका यात्रु रामेश विश्वास कुमार मात्र सकुशल रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । उनको अहिले नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।