टिकटकको विकल्पमा प्रयोग गर्न सकिने केही एपहरु

पर्वत ।

सरकारले सोमबारबाट नेपालमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । नेपालमा टिकटकका लाखौं प्रयोगकर्ता थिए । यो कदमको पक्ष र विपक्षमा बहसहरु भईरहेका छन् ।

टिकटककाे  माध्यमबाट सामाजिक सद्भावमा असर परेको, पारिवारिक सम्बन्धमा जटिलता सिर्जना गरेको राष्ट्र विपरीतका कार्यहरु हुने गरेको भन्दै प्रतिबन्ध लगाइएको सरकारी अधिकारीहरुले स्पष्टोक्ति जनाएका छन् ।

तर अर्को तर्फ कैयौंले आफ्नो व्यवसायको प्रचार टिकटकको माध्यमबाट गर्दै आएका थिए । दुरदराजमा रहेका नागरिकका लागि टिकटक सूचनाको सहज माध्यम बनेको थियो । यो एउटा सिर्जनात्मक अभिव्यक्तिको माध्यम समेत बनेको थियो । धेरै टिकटक क्रिएटरहरूले यसको माध्यमबाट आम्दानी समेत गरिरहेका थिए ।

सरकारले टिकटकमाथि रोक लगाए पछि यसको असर के पर्छ र कार्यान्वयन कसरी हुन्छ त्यो त हेर्न बाँकी नै छ । नेपालमा रहेका लाखौं टिकटक प्रयोगकर्ता सरकारको निर्णयबाट चिन्तित देखिन्छन् ।

टिकटक बन्दकाे निर्णय भए सँगै यसको विकल्पकाे पनि चर्चा हुन थालेको छ ।  आउनुहोस् यसको विकल्पमा नेपालमा प्रयोग गर्न सकिने एपकाे बारेमा जानकारी राखौ ।

युट्युब सर्टस

टिकटकलाई टक्कर दिन युट्युबले ल्याएको सर्ट भिडियो फिचर युट्युब सर्टस पनि टिकटकको विकल्प हो । युट्युब सर्टस भिडियोमा पनि राम्रो भ्युज जान्छ । सर्टस मोनिटाइज गरेर आम्दानी पनि गर्न सकिन्छ । युट्युब सर्टस मोनिटाइज गर्न १ हजार सब्सक्राइबर र ९० दिनमा १ करोड भ्युज भएको हुनुपर्छ ।

इन्स्टाग्राम रिल्स
इन्स्टाग्राममा छोटो भिडियोलाई ‘रिल’का रुपमा पोस्ट गर्न सकिन्छ । यसबाट विभिन्न ब्रान्डहरूसँग सहकार्य गरेर पैसा कमाउन सकिन्छ । यस्तै ठूला क्रिएटरहरूले लाइभ ब्याज र सप फिचरबाट पनि आम्दानी गर्नसक्छन् ।

फेसबुक रिल्स

फेसबुकमा रहेको रिल्स फिचर पनि टिकटकको राम्रो विकल्प हो । रिल्समा अपलोड गरेका भिडियोमा धेरै भ्युज गएमा मोनिटाइज गरेर आम्दानी गर्न सकिन्छ । फेसबुकमा रिल मात्रै होइन भिडियोहरू नै अपलोड गरेर मापदण्ड पुगेपछि मोनिटाइज गरेर आम्दानी गर्न सकिन्छ ।

स्न्यापच्याट

मल्टिमिडिया र म्यासेजिङ एप स्न्यापच्याटमा पनि छोटा भिडियोहरू राख्न सकिन्छ । स्न्यापच्याटको स्पटलाइट फिचरमा भिडियो राखेर क्रिएटरहरूले कम्पनीको तर्फबाट रिवार्ड पाउन सक्छन् । मापदण्ड पूरा गरेपछि स्न्यापच्याटको स्पटलाइटबाट आम्दानी गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *