पर्वत ।
मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको कोरला नाका चार वर्षपछि सोमबार खुुलेको छ ।नेपाल र भारतका प्रतिनिधिहरुको उपस्थितिमा नाका पुनः सञ्चालनमा आएको हो ।
कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलो खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको छ ।
सोमबार देखि नै लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न थालेका मुुस्ताङका प्रमुुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुुभयो ।
जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनतर्फ नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन छन् भने नेपाल तर्फ अझै बन्न सकेका छैनन् । सहजताको लागि चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा पाँचवटा कन्टेनर जडान गरिदिएको छ ।
कोरला नाकाबाट ४५ किलोमिटरको सडक यात्रामा तिब्बतमा रहेको बजार क्षेत्र पुगिन्छ । यो बाटो भएर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश जान पनि सहज हुने छ ।