नेपाल राष्ट्रिय शिक्षक संगठन मोदीको आयोजनामा  हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पर्वत ।

नेपाल राष्ट्रिय शिक्षक संगठन मोदी गाँउपालिकाको आयोजनामा माध्यमिक तह स्तरीय हाजिरिजवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा पालिकाका ७ वटा विद्यालयको सहभागीता रहेको थियो ।।सहभागी टिमहरुमा प्रथम सरस्वती मावि,द्वितीय नव जागृत मावि ,तृतीय हिमालय मावि र नवज्योती थम माविले सान्त्वना स्थान हासिल गरेका छन् ।प्रतियोगीताका विजयी भएका विद्यालयलाई ट्रफी , शिल्ड , मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो।

प्रतियोगीताको उद्घाटन गर्दै मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले शिक्षक संगठनले आगामी दिनमा पनि रचनात्मक कार्यक्रमहरु गर्न सुझाब दिनुभयो।उहाले सामुदायिक विद्यालयकाहरुको शैक्षिक क्षेत्र सुधारको मुख्य जिम्मेवारी शिक्षकहरुको नै रहने भएकाले शिक्षकहरु शिक्षण पेशाप्रति वफादार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।संगठनका मोदी गाँउपालिकाका कमिटि अध्यक्ष बाबुराम उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन संगठनका सचिव नवराज लामिछानेले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश प्रमुख सल्लाहाकार हरि बहादुर लामिछाने, नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वत जिल्ला अध्यक्ष दुर्गा प्रसाद शर्मा , मोदि गाउँपालिका सामाजिक बिकास शाखा प्रमुख दिनेश शर्मा ,कर्मचारी संगठन मोदी गाँउपालिकाका अध्यक्ष दिपेन्द्र गौतम लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *