पर्वतको फर्सेमा कालीगण्डकीको बाढीले २५ घर बगे

पर्वत ।

कालीगण्डकी नदीको बहाव बढेर पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा बस्तीमा पसेपछि २५ घर बगेका छन् ।

आइतबार बिहान करिब ८ बजे भएको घटनामा करिब ८० घरमध्ये बाँकी घर पनि जोखिममा रहेको प्रहरीले जनाएको छ ।

घटनामा मानवीय क्षति नभएको र सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *