एजेन्सी ।
रुसले पहिलो पटक युक्रेनको राजधानी किभस्थित मुख्य सरकारी भवनमाथि आक्रमण गरेको छ। आक्रमणमा सरकारी भवनको छाना र माथिल्लो तलाहरूमा क्षति पुगेको छ । राजधानी किभका अन्य भागहरूमा पनि आक्रमण भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार, राति भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभीरेहमा पनि आक्रमण तीव्र बनाएको छ। बीबीसीका अनुसार, आइतबार बिहान किभमा थुप्रै विस्फोटहरू भएका थिए । शहरको केन्द्रमा पनि एक विस्फोट भएको बताइएको छ ।