पर्वत ।
मोदी गाउँपालिका वडा नं ६ थामर्जुङको काफ्लोटमा वरिपरिको जमिन भासिएको कारण जुनसुकै समयमा ठुलो ढुंगा सहितको भूभाग तल झर्न सक्ने जोखिम बढे पछि सो क्षेत्रमा आज पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्लास्थित सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू, प्राविधिक, जनप्रतिनिधि र कर्मचारी सहितको टोलीले स्थलगत अवलोकन तथा स्थानीय वासिन्दा सँग अन्तरक्रिया गरेको छ ।
उक्त स्थानमा जमिन निरन्तर रुपमा भासिएको र थप क्षति हुनबाट जोगाउन सकिने संभावित बिधि प्रक्रिया र भौगर्भिक अध्ययनको सम्बन्धमा समेत छलफल गरिएको हो । विस्तृत अध्ययन पश्चात संभावित जोखिमको आँकलन गरी सुरक्षाका उपायहरु अवलम्बन गरिने टोलीले बताएको छ ।
ठूलो ढुङ्गा सहितको भूभागमा जमीन छिया छिया परेको छ । यदि पहिरो झर्न थाल्यो भने मध्य पहाडी राजमार्ग र बेतेनी को बस्तीलाई समेत असर पुग्न सक्ने स्थानियले जानकारी दिएका छन् ।
