आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

कास्की ।

पोखरा महानगरपालिका-७ घारिपाटन बस्ने ८५ वर्षीय जित बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा ४८ वर्षीय अनिल परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अनिलले सोमबार बेलुकी सामान्य विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएपछि पश्‍चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा जित बहादुरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *