पर्वत ।
जिल्लाकाे पैयूँ गाउँ पालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । आ.व. ०७८।७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो । तयारी कक्षा अाउँदाे मंसिर २१ गते देखि एक महिना सम्म संचालन हुने छ ।
गाउँ पालिकाले शैक्षिक योग्यता पुगेका महिलाहरुमा लोकसेवा मार्फत सरकारी सेवामा प्रवेशका लागि जागरण र उत्प्रेरणा जगाउदै त्यसका लागि चाहिने आधारभुत अवधारणा विकास गराउनका लागि यो योजना अगाडी सारेको हो ।
पैयूँ गाउँपालिमा अझै पनि सरकारी सेवा भन्दा वैदेशिक रोजगारीमा युवाहरुको आकर्षण रहेको छ ।
बहुसंख्यक महिलाहरु घरायसी कामधन्दामै सिमित रहेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुलाई अध्ययन गर्ने, तयारी गर्ने, परीक्षा फर्म भर्ने, परीक्षा दिने र त्यसलाई निरन्तरता दिइ सरकारी सेवा प्रवेशका लागि जागरण ल्याउन यो योजना ल्याइएको गाउँपालिकाले जनाएकाे छ ।
