पर्वत ।
नेपाल कम्युनिस्ट पार्टी फलेवास नगरपालिकाको नगर कमिटीको प्रथम अधिवेशनबाट देवी प्रसाद तिमिल्सिना अध्यक्षमा विजयी भएका छन् ।अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो ।
जसमा निर्वाचित तिमिल्सिनाले एक सय १२ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी वैकुण्ठ प्रसाद भुसालले १२ मत पाए । विष्णु प्रसाद रिजाल र बलराम भुसाललाई शून्य मत परेका छन् । अध्यक्ष पदका लागि परेका मतमध्ये तिमिल्सिनाका १०, वैकुण्ठका १०, विष्णुका १० र बलरामका १० मत बदर भएका छन् । निर्वाचनमा कुल एक सय ३७ मत खसेका थिए ।
उपाध्यक्षमा एक जनाका लागि भएको निर्वाचनमा नेत्र बहादुर बि.क र बिन्दु अधिकारीको उम्मेदवारी परेको थियो। जसमा बि.क का पक्षमा एक सय १३ मत परे भने अधिकारीको पक्षमा १८ मत परेका छन्। उनीहरू दुवै जनाका ३÷३ मत बदर भएका छन् ।
सचिव पद एक जनाको लागि तीन जनाको उम्मेदवारी परेकोमा एक सय २० मत सहित गोविन्द प्रसाद भुसाल विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी चन्द्र बहादुर नेपालीले दुई र विक्रम जि.सी ले सात मत पाएका छन् । उनीहरू तीनै जनाका २÷२ मत बदर भएका छन् ।