मोदीमा कृषिका २२ वटा कार्यक्रम संचालनमा

पर्वत

जिल्लाकाे  मोदी गाउँपालिकामा कृषिका २२ वटा कार्यक्रम संचालनमा रहेका छन् । गाउँपालिकाकाे  कृषि शाखा प्रमुख  मनिषा महतका अनुसार मोदी गाउँपालिकामा कृषिको क्षेत्रमा कृषकमुखि नवीनतम कार्यक्रमहरू संचालन भएका हुन्।

पालिकालाई कृषिमा आत्मनिर्भर बनाउन र कृषकहरूलाई आयआर्जनमा जोड्न विभिन्न किसिमका २२ वटा कृषि कार्यक्रम संचालन गरिएको महतले बताइन् । महतले भनिन् “कृषकहरुलाई उत्पादनमा प्रोत्साहन गर्न अनुदान तथा औजार वितरण गर्दै आएका छौँ । “कृषिमा आधुनिकीकरण, प्रबिधिकरण, विविधीकरण र बजारीकरणमा जोड दिएका छौँ ।“

रैथाने बालीको संरक्षण, मोदी नमुना प्राङरिक कृषि गाउँ, साना सिचाइ मर्मत लगायतका कार्यक्रम संचालन भएको शाखाले जानकारी दिएकाे छ । बिद्यार्थीहरुलाई कृषि पेसाको महत्त्व बताउन देशमै नमुना कार्यक्रमका रुपमा पालिकाभित्रका  माध्यामिक बिद्यालयहरुमा कृषि कार्यक्रम संचालन गरिने समेत कृषि शाखाले जनाएकाे  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *