संचारीका समुह नेपाल जिल्ला शाखा पर्वतको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पत्रकार बिष्णु गौतमलाई अध्यक्षमा चयन गरेको छ त्यसैगरी उपाध्यक्षमा शान्ति सुबेदी ,सचिवमा संगिता के.सी ,सहचिवमा मिना पराजुली चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा कमला लामिछाने, सदस्यहरुमा दुर्गा शर्मा,सन्तोषाी क्षेत्री,आशा शर्मा,मनिसा कार्कि,लक्ष्मी पुन चयन भएका छन् । संरक्षकमा निर्वतमान अध्यक्ष माया अधिकारी, नेपाल पत्रकार महासघं पर्वतका उपाध्यक्ष इन्दीरा तिवारी इन्दु र नेपाल पत्रकार महासघंका केन्दी«य पार्षद रञ्जना खत्रीलाई चयन गरिएको छ भने,आमन्त्रीत सदस्यहरुमा मिना थापा,मुना लामिछाने,पबित्रा पौडेल,इन्दीरा तिवारी शर्मा ,उमा थापा र निशा थापालाई अधिबेशन मार्फत चयन गरीएको छ ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ पर्वतका अध्यक्ष तथा उद्घाटन सत्रका प्रमुख अतिथी सन्तोष थापाले संचारीका समुह पर्वतलाई नेपाल पत्रकार महासंघले सधैं साथ सहयोग र समन्वय गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष इन्दीरा तिवारी र केन्द्रिय पार्षद रञ्जना खत्रीले शुभकामना ब्यक्त गर्नुभएको थियो । निवर्तमान अध्यक्ष माया अधिकारीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा बोल्दै अधिकारीले पिछडीएका महिलाको बारेमा आफ्ना कलम अझै तिखार्न आग्रह गर्दै नव निर्वाचित कार्य समितिलाई शुभकामना प्रदान गनुभएको थियो ।