काठमाडाैं।
शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार पाँच सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको छ ।
पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ ।चैत्र १५ गते परीक्षा सञ्चालन हुनेछ ।
परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको आयाेगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताउनुभयाे ।
विस्तृत विवरण आयोगको वेबसाइट मा भोलि अपलोड हुने जानकारी प्राप्त भएको छ । आयोगले भोलिको गोरखापत्रमा पनि यो सूचना सार्वजनिक गर्ने भएको छ ।