देउवा र प्रचण्डबीच भेटवार्ता, सर्वदलीय बैठक बोलाउनेबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शुक्रबार बिहान अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेको उनको सचिवालयले जनाएको छ ।शुक्रबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको हो । त्यस्तै संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा छलफल भएको थियो ।भेटमा अध्यक्ष प्रचण्डले क्रिकेटका खेलाडीहरूमाथि गरिएको कारबाहीको ध्यानाकर्षण गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो ।मल्ल र ऐरीसहित अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय भएको थियो भने सन्दीप लामिछानेलाई नयाँ कप्तानमा नियुक्ति गरेको थियो ।त्यस्तै भेटवार्तामा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको जारी महाधिवेशनबाट सभापतिमा निर्वाचित भएकोमा देउवालाई बधाइ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *