उधौली चाड मनाइँदै

काठमाडौँ ।

राई, लिम्बु, सुनुवार, याक्खालगायतका किराती समुदायको उधौली चाड सुरु भएको छ । काठमाडौंमा रहेका किरातीले आइतबार ललितपुरको सानो हात्तिवनस्थित किरात माङहिम (मन्दिर)मा सामूहिक पूजा गरेका छन् ।

मुन्धुमी पुजारी, किरात याख्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत संस्थाका प्रतिनिधिसहित पूजाआजा गर्ने परम्परा रहेको छ ।

सरकारले २०५८ सालदेखि मंसिरेपूर्णिमा तिथिलाई ‘किरात चाड’ भनेर घोषणा गरेसँगै सम्बन्धित समुदायलाई विदा दिने चलन बसाएको थियो । अघिल्लो गणतान्त्रिक सरकारले विभिन्न चाड कटौती गरेका थियो भने यो पटक पुन: सार्वजनिक बिदा घोषणा भएको छ ।

नयाँ अन्न (धान, कोदो, अदुवा आदि) पितृलाई चढाएर घर–घरमा पूजा गरिन्छ । त्यसैगरी सामूहिक थानहरूमा भूमिको पूजा गर्दै प्रकृतिप्रति आभार प्रकट गर्ने काम नै उधौली पूजा हो । वैशाखेपूर्णिमा उभौलीमा भूमिपूजा, आकाश, खोलानाला, हावा, पानी, वनजंगलको विधिवत पूजा गरी प्रकृतिसित सह माग्ने, सुब्बेफाब्बे होस् भनेर कामना तथा पुर्खाहरूसित आशिर्वाद माग्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *