एसियन सेन्ट्रल जोन भलिबलको उपाधि महिलातर्फ नेपाल र पुरुषतर्फ श्रीलंकालाई

काठमाडौँ।

साविक विजेता नेपालले एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि रक्षा गरेको छ । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मङ्गलबार भएको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हरायो ।

नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५, १५–११ को जित निकाल्यो । नेपाली महिला टोलीले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि सन् २०१९ मा बंगलादेशमै भएको प्रतियोगितामा नेपाल लिग चरणदेखि एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।

नेपालले लिग चरणमा लगातार पाँच जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । ६ देश सहभागी प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० र पाँचौँ खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा स्तब्ध बनाएको थियो । उज्वेकिस्तान भने लिग चरणमा दोस्रो बन्दै फाइनलमा पुगेको थियो ।

पुरुषतर्फ तेस्रो स्थानका लागि आजै भएकाे खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएकाे छ भने लिगकाे उपाधि श्रीलंकाले  जितेकाे छ । फाइनल खेलमा श्रीलंकाले  बंगलादेशलाइ ३–० को सोझो सेटमा आयोजक बङ्गलादेशलाइ हराएकाे हाे ।

पुरुषतर्फ आयोजक बङ्गलादेश, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तानगरी ६ देश सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *