पौष १६ गते पर्वतका ५ पत्रकार पुरस्कृत हुँदै

पर्वत । प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतले स्थापना गरेको प्रेस चौतारी सृजनशिल पत्रकारिता पुरस्कारबाट पर्वत जिल्लाका ५ जना पत्रकार पुरस्कृत हुने भएका छन् । यस अघि प्रेस चौतारी जिल्ला शाखा पर्वतले निर्णय गरे बमोजीमका ५ जना पत्रकारलाई आगामी पौष १६ गते पुरस्कार वितरण गरिने शाखाका सचिव सुवास लामिछानेले जानकारी दिए ।शाखाले पर्वतको कुश्मा बजारमा आयोजना गरेको पुरस्कार वितरण, अग्रज सम्मान तथा विचार बहस कार्यक्रमका उ्रक्त पुरस्कार वितरण गर्न लागिएको हो । एमाले केन्द्रिय सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालको उपस्थितीमा चौतारीले पुरस्कार वितरण गर्न लागेको हो । पुरस्कार पाउने पत्रकारहरुमा लक्ष्मण सापकोटा, कृष्ण अखेली, सुवास लामिछाने, शान्ति सुवेदी र महेन्द्र जिसी छन् । उनीहरुले जनही २१ हजार १ सय ११ रुपैंया नगद सहितको पुरस्कार पाउनेछन् । यसैगरी शाखाले शाखामा विशिष्ट योगदान पुराएको भन्दै शाखाका अग्रजहरु भोलानाथ शर्मा, दुर्गाप्रसाद शर्मा, राजेन्द्र पहाडी, इन्द्रमान खत्री, गणेश पौडेल र सन्तोष थापालाई सम्मान गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *