पर्वत साहित्य संगमको ७ औ अधिवेशन सम्पन्न, अध्यक्षमा डि आर शर्मा

पर्वत ।

नेपाली भाषा,कला संस्कृती र साहित्यको उनन्वयनमा अग्रसर पर्वत साहित्य संगमको सातौं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

शुक्रवार कुस्मा नगरपालिका सात खरेहामा रहेको सामुदायिक होमेस्टेमा विविध कार्यक्रमका साथ सम्पन्न भएको हो। अधिवेशनले डि आर शर्माको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। जसको उपाध्यक्षमा खेमराज शर्मा चापागाईं,सचिवमा गोकुल शर्मा, सहसचिवमा निर्मल पौडेल एन पी घायल, कोषाध्यक्षमा मीना गुरुङ्ग चयन भएका छन् । यसैगरी सदस्यहरुमा दीपसागर पौडेल, सीता पौडेल,गीता अधिकारी, बलराम श्रेष्ठ, निर्मला रेग्मी शर्मा, प्रेम पुन मगर चयन भएका छन।

२ जना सदस्य अध्यक्षको रोहवरमा पछाडि मनोनीत गर्ने निर्णय गरिएको छ। यस्तै सस्थाको नवनिर्मित सल्लाहकार समीतिमा लक्ष्मीप्रसाद शर्मा, सुन्दरप्रसाद जोशी, याम ढुङ्गाना के सी, गोबिन्द प्रसाद भुसाल, लक्ष्मीराज शर्मा पौडेल चयन गरिएको छ।

यसैगरी कार्यक्रममा नेपाली भाषा,कला साहित्य र संस्कृतिको विकासमा महत्वपुर्ण योगदान पुर्याउने तीन जना साहित्यकार हरु लाई दोसल्ला फूलमाला र सम्मान पत्रद्वारा सम्मान समेत गरिएको छ। सम्मानित हुनेहरुमा आर के अदिप्त गिरि, टुकनाथ रेग्मी वेलुराम र गोबिन्द भुसाल रहेका छन् ।

अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिती एवं कुस्मा नगरपालिका ७ का वार्ड अध्यक्ष सुवासचन्द्र पौडेलले साहित्य विना मानव जीवनको वास्तविक अस्थित्व बुझ्न नसकिने भन्दै साहित्य सिर्जनाले जीवन र जगत लाई सरल र सहज रुपमा अगाडि बढाउन प्रेरणा मिल्ने बताए। नेपाली भाषा,कला साहित्य र सस्कृतिको विकासमा आफू र वार्ड सदैव सकारात्मक भएको बताए ।

यसैगरी समापन कार्यक्रममा कार्यक्रमका अध्यक्ष राजेन्द्र पहाडीले आफ्नो कार्यकाल सफल पार्नका खातिर सदैव साथ र सहयोग गर्ने अग्रज साहित्यकार, कार्यसमितीका सम्पुर्ण पदाधिकारी र शुभचिन्तकहरु लाई हार्दिक कृतज्ञता व्यक्त गरे।

यसैगरी नवनिर्वाचित अध्यक्ष डिआर शर्माले साहित्य संगमलाइ आफ्नो कार्यकालमा सिर्जनात्मक र रचनात्मक कार्यमा नयाँ ढंगले अगाडि बढाउने संकल्प व्यक्त गरे।

कार्यक्रममा साहित्यकार संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्प, निवर्तमान अध्यक्ष इन्द्रमान खत्री,सम्मानित साहित्यकार गिरी, रेग्मी र भुसालले आफ्नो भनाइ राखेका थिए। युवा सर्जक निर्मल पौडेल एन पी घायलले आफ्ना गजल र दीपसागर पौडेलले कविता वाचन गरेका थिए।

संगमका निवर्तमान अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता, कु न पा ७ का वार्ड अध्यक्ष सुवासचन्द्र पौडेलको प्रमुख अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य डि आर शर्मा, शुभकामना मन्तव्य, लक्ष्मिप्रसाद शर्मा र सन्चालन खेमराज शर्मा चापागाईंले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *