पर्वतका पाँच पत्रकारलाई सिर्जनशिल पत्रकारिता पुरस्कार

पर्वत ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतले स्थापना गरेको सिर्जनशिल पत्रकारिता पुरस्कारवाट पाँच पत्रकार पुरस्कृत भएका छन् । कोरोना महामारी लगायतका कारणले पाँच बर्षदेखि प्रदान गर्न नसकिएको पत्रकारीता पुरस्कार चौतारीले एकै बर्ष प्रदान गरेको हो । पत्रकार लक्ष्मण सापकोटा, कृष्णबहादुर अखेली, सुवास लामिछाने, शान्ति सुवेदी र महेन्द्र जिसीलाई उक्त पुरस्कार वितरण गरिएको थियो ।

शुक्रवार कुश्मामा आयोजित एक कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव पद्मा अर्यालले सम्मानपत्र तथा नगद प्रदान गरिन् । पुरस्कारको राशि रु २१ हजार १२१ रहेको छ । प्रेस चौतारी पर्वतले हरेक वर्ष एक सक्रिय पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

सापकोटालाई वर्ष २०७४ सालको पुरस्कार र त्यसपछिका पुरस्कार क्रमश कृष्णबहादुर अखेली, सुवास लामिछाने, शान्ति सुवेदी र महेन्द्र जिसीलाइ प्रदान गरिएको थियो । सो अवसरमा प्रेस चौतारी पर्वत शाखाका पूर्वअध्यक्ष भोलानाथ शर्मा, प्रेस चौतारी नेपालका पूर्वबरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्वअध्यक्ष गणेश पौडेल, राजेन्द्र पहाडी, इन्द्रमान खत्री र नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *