माघ १५ गते सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले  जानकारी दिए। उनले भने,’ सीसीएमसीसीको निर्णय हामीले कार्यान्वयन गर्छौं । केहीबेरमा सूचना जारी गर्छौं।

आइतबार मात्र कोभिड १९ सङ्क्रमण व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी) ले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो।

जनस्वास्थ्यविदहरूको सल्लाहअनुसार आइतबार मात्र सीसीएमसीसीले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

No photo description available.

May be an image of text that says 'पत्र संख्या:- चलानी नं.:- नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय Pa काढमाही, सिंहदरबार, काठमाडी, नेपाल मिति २०७६।९।२६ प्रेश विजसी विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा समञालन नतिजा प्रकाशन बारे विद्यार्थी तथा अभिभावकहरूमा रहेको गुनासो प्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ उक्त समस्या समाधान गरी विद्यार्थीहरुलाई तोकिएको समयावधिमा अध्ययन पुरा गर्ने गराउने कुराको सुनिश्चितता हुने गरी सवै विश्वविद्यालयहरु तथा शिक्षण संस्थाहरूमा शैक्षिक क्यालेन्डर बनाइ सोही बमोजिम प्रवेश परीक्षा, भर्ना, पठनपाठन, परीक्षा सझ्ञालन र नतिजा प्रकाशन सम्बन्धी कार्य शैक्षिक क्यालेन्डरमा तोक्ने व्यवस्थाका लागि सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ 오2 (दीपक शर्मा) सहसचिव एवं प्रवक्ता'

Leave a Reply

Your email address will not be published. Required fields are marked *