मोदी , पर्वत ।
पर्वतको अम्बोट स्थित पोखरा बागलुङ – सडकमा सोमवार दिउँसो यात्रुबाहक बस र मोटरसाईल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङका ३८ वर्षिय प्रितम गुरुङ रहेका छन् ।
पोखरावाट पर्वत तर्फ आउँदै गरेको ग ६ प ५५७३ नम्वरको मोटरसाईकल र बागलुङवाट बर्दियातर्फ जाँदै गरेको ग २ ख १०१३ नम्वरको बस मोदी गाउँपालिका वडा नं. ५ अम्वोट नजिकै पोखरा बागलुङ सडकमा एकआपसमा जुधेका हुन् । दुर्घटनामा गम्भीर घाईते भएका गुरुङको उपचारका क्रममा पर्वत अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

बसमा सवार यात्रु भने सकुसल रहेका छन् । दुवै तर्फका सवारीसाधन तीब्र गतिमा भएका कारण ठोकिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
…