संबिधान सभा सदस्य चापागाईद्धारा पातिचौर, देउपुरकोट ,भवरकोट पदमार्गको शिलान्यास

मोदी, पर्वत ।
जिल्लाकाे माेदी गाँउपालिका -२, पातिचौरमा बिहीबार एक समाराेहका बीच पातिचौर- देउपुरकोट -भवरकोट पदमार्गको शिलान्यास भएको छ । पदमार्ग निर्माण कार्यको शिलान्यास संबिधान सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य कल्पना चापागाईँले गर्नुभएको हो ।

मोदी गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्रका रुपमा रहेको भमरकोट सम्म पुग्नको लागि पदमार्ग निर्माण गरिने भएको हो । मोदी गाउँपालिकाको केन्द्र रहेको पातीचौरबाट सुरु हुने पदमार्ग देउपुरकोट हुँदै भमरकोटसम्म पुग्ने छ । पदमार्गको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्न सकिने र त्यसले प्रभावित क्षेत्रका सहित जिल्लाभरका नागरिकको आर्थिक समृद्धिका लागि सहयोगी भूमिका निर्माण गर्ने बताउनुभयो ।

May be an image of 4 people and people standing

निर्माण समितिले स्थानीय नागरिकको सुझावको आधारमा पर्यटकहरुलाई सहज हुने र पर्यटकीय स्थानमा बिशेष विश्राम गर्न सकिने तरिकाले पदमार्ग निर्माण गर्न सुझाव दिनुभयो । आफू जुनसुकै तरीकाले पनि सघाउन तयार रहेको बताउँदै केन्द्रिय सदस्य चापागाईँले रोजगारीको शिलसिलामा स्वदेश र बिदेशका रहेकाहरुलाई पनि सहयोगका लागि अपिल गर्दै मरेर जाँदा लिएर जाने केही पनि नभएका कारण बाँचुञ्जेल सामाजिक रुपमा केही न केहीमा योगदान गर्न उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा उहाले आफ्नो तर्फबाट एउटा चौतारी निर्माण गर्ने र पाँच वटा सिँढी बनाउने उद्घोष गर्नुभयो ।No description available.

कार्यक्रममा मोदी गाउँपालिकाका प्रमुख प्रेम शर्मा पौडेलले यस सतकर्ममा सिगों मोदी गाँउपालिका नै तत्पर भएको र मोदी गाँउपालिकाले एकलाख बराबरको सय सिँढी निर्माण गर्ने प्रतिबद्घता जाहेर गर्नुभयो ।

मोदी गाउँपालिका–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाका अनुसार पदमार्गको दुवै पट्टीको भागमा फूलहरु राखिने छन भने छेउको भागमा रेलिङ राखिने छ । आवश्यक ठाउँमा बर र पिपलका एक सय आठ ओटा एकै खालका चौतारा समेत निर्माण गरिने छ भने ठाउँठाउँमा पानीको सुबिधा र सोलार सहित रहेका खानेपानीका धाराहरु राखिने छ । पदमार्गीहरु हिँडेरहेको बेलामा वर्षा भएमा समस्या हुने भएकाले पदमार्गको केही ठाउँमा ओत बस्नको लागि एक तले पक्की बिश्राम गृहहरुको निर्माण गरिने छ ।

अहिलेसम्म तीन सय २२ ओटा सिँढीका लागि सहयोगदाताहरुको प्रतिबद्धता रहेको छ भने आठ वटा चौतारीको निर्माण प्रतिबद्धता आएका छन् । पदमार्ग निर्माणको लागि संबिधान सभा सदस्य कल्पना चापागाईँको पहलमा सात लाख रुपैयाँ नेपाल सरकारबाट विनियोजन भएको छ भने आवश्यक पर्ने थप रकम जुटाउन अभियान थालिएको छ । पदमार्गको थप डिजाइनको काम चलिरहेकाले कुल लागत यति नै पुग्छ भन्ने यकिन नभएको वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।No description available.

जिल्लाकै उच्च स्थानमा रहेको, वन क्षेत्र सहित समथर र भिरालो घाँसे मैदान रहेको भमरकोट विभिन्न ठाउँहरु नियाल्न सकिने भएकाले पर्यटकीय क्षेत्रको रुपमा बिकसित हुँदै गएको छ । विश्व बैंकको कामका लागि खाद्यान्न कार्यक्रम मार्फत तीन दशक पहिले निर्माण गरिएको पातीचौर देउपुर पदमार्ग अहिले जीर्ण भइसकेको छ । गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत केहि अप्ठ्यारा स्थानहरूमा मर्मत तथा नयाँ सिँढीहरु निर्माण  गरिएको थियो । बाटो निकै जीर्ण बनेपछि  पदमार्गको शुरू स्थानमा रहेको पुरानो पातीचौर बजारका स्थानीय बासिन्दाहरुले केही वर्ष पहिले आफ्नै लगानी र सक्रियतामा झण्डै बीस मीटर पक्की सिँढी तथा रेलिङ निर्माण गरेको स्थानीय प्रेम चापागाईले बताउनु भयो ।

पर्यटकीय सम्भावना बोकेको ठाउँमा पर्यटक आकर्षण गर्नका लागि  झण्डै छ किलोमिटर लामो आकर्षक तथा सुविधा सम्पन्न  पदमार्ग निर्माण कार्य शुरु गरिएपछि स्थानीयहरु निकै खुशी भएका छन् । शिलान्यास कार्यक्रमममा निर्माण समितिका अध्यक्ष जितबहादुर पुन र सचिव विकास हमालले पनि बोल्नु भएको थियो। उक्त कार्यक्रमको सञ्चालन निर्माण समितिका सदस्य विज्ञान हमालले गर्नु भएको थियो  ।

निर्माण समितिका अनुसार एउटा चौतारी निर्माणको लागि झण्डै ४० हजार रुपैयाँ लगानी हुने छ भने सिँढी निर्माणको लागि तोकिएको प्रति सिँढी एक हजार भन्दा बढी रकम लाग्ने छ ।

यस्तो बन्नेछ पदमार्गNo description available.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *