घानामा शक्तिशाली विस्फोट : १७ जनाको शव भेटियो, ५९ जना घाइते

अफ्रिकी देश घानामा शक्तिशाली विस्फाेट भएको र विस्फाेटमा परेर कयौँको ज्यान गएको अनुमान गरिएको छ ।

अहिलेसम्म १७ जनाको शव भेटिएको त्यहाँका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तर, प्रहरीले ज्यान गुमाएकाहरुको बारेमा औपचारिक जानकारी गराइसकेको छैन । घानाको एपीएटमा भएको शक्तिशाली विस्फोटमा  परेर ५९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सुन खानीको रुपमा चिनिने सहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको खबरमा उल्लेख छ । विस्फोट पछि धुलो र धुवाँको मुस्लो उडेको तस्बिर सार्वजनिक भएको छ ।

विस्फाेट पछि कयौँ भवन भत्किएका छन् भने भग्नावशेषमा केही पुरिएका आशङ्का गरिएको छ। घानाका राष्ट्रपतिले नाना अकुफो अड्डोले भग्नावशेषमा पुरिएकाहरुको उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *