पर्वत।
पर्वतको मोदी गाउँपालिका जलविद्युत् उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ। गाउँ पालिका भित्र मोदी खोलामा आधारित तीन वटा जलविद्युत् आयोजना र पातिखोलामा एउटा जलविद्युत केन्द्र सञ्चालनमा रहेर राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति गरिरहेका छन्। तर विद्युत् उत्पादनको यही केन्द्रका स्थानीय बासिन्दा भने पटक–पटक विद्युत् जाने समस्याबाट पीडित बनेका छन्।
मोदी गाउँपालिकाभित्र तथा आसपास क्षेत्रमा सञ्चालनमा रहेका मोदी खोला जलविद्युत् केन्द्र (१४.८ मेगावाट), मध्य मोदी जलविद्युत् आयोजना (१५.८ मेगावाट) मोदी इनर्जी जलविद्युत् आयोजना (२० मेगावाट) तथा पातिखोला जलविद्युत् आयोजना (१ मेगावाट) ले राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याइरहेका छन्।
स्थानीयका अनुसार पछिल्ला केही महिनादेखि दैनिकजसो विद्युत् आपूर्ति अवरुद्ध हुने, केही मिनेटसम्म बारम्बार बिजुली जाने र भोल्टेजमा उतारचढाव हुने समस्या बढ्दो छ। विशेषगरी साँझ र रातिको समयमा हुने यस्तो समस्याले घरायसी कामकाज, अध्ययन–अध्यापन, व्यवसाय तथा विद्युतीय उपकरण सञ्चालनमा प्रत्यक्ष असर पुर्याएको छ।
मोदी गाउँपालिका– ३ लाङदीका एक स्थानीयवासीले भने, “हाम्रो गाउँबाट उत्पादन भएको बिजुली देशभर पुग्छ, तर हामीले भने भरपर्दो सेवा पाउन सकेका छैनौँ। दिनमा कैयौँ पटक बिजुली जाने र आउने हुँदा विद्युतीय उपकरण बिग्रिने डर छ।”
विद्यार्थीहरू पनि समस्याबाट प्रभावित भएका छन्। अनलाइन अध्ययन, कम्प्युटर प्रयोग तथा परीक्षाको तयारीका क्रममा बारम्बार विद्युत् अवरुद्ध हुँदा कठिनाइ हुने गरेको उनीहरूको गुनासो छ। व्यवसायीहरूले समेत विद्युत्को अनियमितताले दैनिक कारोबार प्रभावित भएको बताएका छन्।
स्थानीयवासीहरूले विद्युत् अवरोधको मुख्य कारण वितरण प्रणालीको कमजोरी, पुराना तार तथा उपकरण, ट्रान्सफर्मरमा बढ्दो चाप र समयमै मर्मत–सम्भार नहुनुलाई मानेका छन्। उत्पादन बढे पनि वितरण पूर्वाधारको स्तरोन्नति हुन नसक्दा समस्या दोहोरिने गरेको उनीहरूको भनाइ छ।
यस विषयमा स्थानीय जनप्रतिनिधिहरूले नेपाल विद्युत् प्राधिकरणसँग पटक–पटक ध्यानाकर्षण गराएको बताएका छन्। उनीहरूका अनुसार ग्रामीण क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन वितरण प्रणालीको स्तरोन्नति आवश्यक छ।
ऊर्जा उत्पादनको केन्द्र मानिने मोदी गाउँपालिकामा नै भरपर्दो विद्युत् सेवा नपाउँदा स्थानीयवासीमा असन्तुष्टि बढ्दो छ। “जहाँबाट देशले उज्यालो पाएको छ, त्यही ठाउँका नागरिक अन्धकार र अनियमिततासँग जुध्न बाध्य हुनु विडम्बना हो,” मोदी २ का एक स्थानीयले गुनासो गर्दै भने।
स्थानीयवासीहरूले अब विद्युत् उत्पादनको गौरवसँगै गुणस्तरीय सेवा सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने माग गरेका छन्।सीहरूले विद्युत् अवरोधको मुख्य कारण वितरण प्रणालीको कमजोरी, पुराना तार तथा उपकरण, ट्रान्सफर्मरमा बढ्दो चाप र समयमै मर्मत–सम्भार नहुनुलाई मानेका छन्। उत्पादन बढे पनि वितरण पूर्वाधारको स्तरोन्नति हुन नसक्दा समस्या दोहोरिने गरेको उनीहरूको भनाइ छ।
यस विषयमा स्थानीय जनप्रतिनिधिहरूले नेपाल विद्युत् प्राधिकरणसँग पटक–पटक ध्यानाकर्षण गराएको बताएका छन्। उनीहरूका अनुसार ग्रामीण क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन वितरण प्रणालीको स्तरोन्नति आवश्यक छ।
ऊर्जा उत्पादनको केन्द्र मानिने मोदी गाउँपालिकामा नै भरपर्दो विद्युत् सेवा नपाउँदा स्थानीयवासीमा असन्तुष्टि बढ्दो छ। “जहाँबाट देशले उज्यालो पाएको छ, त्यही ठाउँका नागरिक अन्धकार र अनियमिततासँग जुध्न बाध्य हुनु विडम्बना हो,” एक स्थानीयले गुनासो गर्दै भने।
स्थानीयवासीहरूले अब विद्युत् उत्पादनको गौरवसँगै गुणस्तरीय सेवा सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने माग गरेका छन मु