संविधानसँग बाझिएका ऐन संशोधन गर्न कानुनविद्हरूको सुझाव

काठमाडौं ।

 कानुनविद्हरुले संविधानसँग बाझिएको कानुन संशोधन गर्न सत्ता गठबन्धनलाई सुझाव दिएका छन् । आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा उपस्थित कानुनविद्हरुले सो सुझाव दिएका हुन् ।

सत्ता गठबन्धनका नेताहरुले स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने अन्योलका बीच कानुनविद्हरुसँग छलफल गरेका थिए।

‘स्थानीय तहको ऐन २०७३ को दफा ३ र संविधानको धारा २२५ बाझिएको देखिएकोले संविधानको धारा १ अनुसार यस संविधानसँग बाझिएको कानुन बाझिएको हकसम्म अमान्य हुनेछ भन्ने व्यवस्था भएकोले सोही अनुसार कानुन संशोधन गर्ने सुझाव प्राप्त भएको छ’, बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

केही प्रतिनिधिमूलक कानुन व्यवसायीहरु मात्रै बालुवाटारको छलफलमा उपस्थित भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *