पर्वत मोदीका १३ बर्षिय अरुण सुनार सारेगमप लिल च्याम्सको फाइनलमा

पर्वत ।

पर्वत मोदीका १३ बर्षिय अरुण सुनार सारेगमप लिल च्याम्स नेपालको फाइनलमा पुगेका छन् । ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार राति ९ बजे प्रसारण भइरहेको प्रख्यात गायन सो लिल च्याम्समा उत्कृष्ट गायनका साथ मोदी ४ क्याङ घर भएका सुनार टप ५ भित्र प्रवेश गर्न सफल भएका हुन् ।

सुनारले सारेगमप लिल च्याम्स नेपालको सुरुवाती चरण अडिशन राउण्डमै नारायण गोपालको “गल्ती हजार हुन्छन यहाँ होस हराएको बेला” बोलको गित गाएर गोल्डेन माइक हात पारेका थिए ।

करिब तिन महिना अघि शुरु भएको उक्त सोमा अरुणले स्वर सम्राट नारायण गोपाल देखि अहिलेका चल्तीका सविन राईसम्मका गायकहरुको गित गाएर दर्शक स्रोताको मन जितेका छन् । उनलाई सोका निर्णायकहरुले पनि राम्रो प्रतिक्रिया दिदै आएका छन् ।

अरुणले आफ्नो फेस्बुक मार्फत सम्पुर्ण देश तथा विदेशमा रहनुभएका नेपाली  दर्शक स्रोतालाई आफुलाई धेरै भन्दा धेरै भोट गरी सारेगमप लिल च्याम्सको विजेता बनाउन अपिल गरेका छन् । उनले लेखेका छन, “भगवानरुपी दर्शक स्रोताकै भोटले म टप ५ भित्र पर्न सफल भएको छु अब मलाई विजेता बनाउन हजुरहरुले धेरै भन्दा धेरै भोट गरिदिनुहोला”

को हुन अरुण ?

क्याङ घर भएका अरुण २०६४ सालको पुष एक गते पर्वत अस्पतालमा जन्मिएका हुन्। घरको आर्थिक अवस्था कमजोर भएका कारण उनका बुबा रोजगारीका लागि विदेश हानिए भने आमा सँगै रहेर उनको पढाईमा र कलामा सघाउन थालिन। ४÷५ वर्षको उमेरबाट गाउनमा सिपालु निस्किएका सुनारलाई परिवारका सदस्यले निकै सहयोग गरे जसका कारण उनीभित्र लुकेको प्रतिभा बाहिर आउन पायो।
विदेशमा रहेका बाबुले संगीतको कक्षामा लगाउने भने पछि आमा र सानीमाले कुश्मामा संगीत सिकाउँदै आएका स्व. गुरु मान जी सुरागमकोमा लगेर भर्ना गरिदिए। त्यहाँ आउनुपूर्व नै उनमा स्वरको एउटा धरातल तया भइसकेको थियो। किनकि उनी अध्ययनरत विद्यालय पर्वत गुरुकुल एकेडेमीका शिक्षक राम श्रेष्ठ रेडियो नेपालबाट स्वर परीक्षण पास गरेर केही एल्बमहरु बजारमा ल्याएका पुराना कलाकार हुन्। सितेरियो कराँतेका अन्तराष्ट्रिय रेफ्री समेत रहेका श्रेष्ठले अरुणलाई संगीत र कराँते दुवै निकै अभ्यस्त बनाए। जसका कारण गायक अरुण ब्ल्याक बेल्टसम्मको अवस्थामा कराँतेबाट पुगे।

विद्यालयमा अध्ययनरत रहेकै बेलामा गण्डकी प्रदेश स्तरीय सप्तरङ्गी प्रतिभाको खोजी नामक कार्यक्रम सुरु भयो। जसमा भाग लिएका अरुण बिजेता बन्दै ५० हजार हात पारे। यससँगसँगै हौसिएका उनको स्वर निखारिँदै गएका बेला लि च्याम्प्स सुरु भयो। त्यही स्वरले नै उनले च्याम्प्सको गोल्डन माइक होल्डर बने।

अरुणलाई भोट गर्ने तरिका

मोबाईलको म्यासेज बक्समा गएर क्यापिटल लेटरमा एस.जी.एम.पी टाईप गरी एक स्पेश दिएर जिरो थ्री टाईप गरी ३३००१ मा पठाउनुपर्छ। उनलाई अनलाईनबाट भोट गर्नका लागि मोबाईलको प्ले स्टोरमा गएर मोमो एप्स डाउनलोड गरेपछि प्राप्त निर्देशन अनुसार आफ्नो मत दिन पाइन्छ ।
सारेगमप लिल च्याम्सको फाइनल यहि माघ २२ गते हुदैछ । अरुणलाई २२ गते सम्म भोट गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *