पर्वतको मालढुङ्गामा अस्थायी प्रहरी पोष्टको स्थापना ।

पर्वत ।

जिल्लाको मालढुङ्गामा  आज बिहिबार एक विशेष समारोहका बीच अस्थायी प्रहरी पोष्टको शुभारम्भ गरिएको छ । पोस्टको पर्वतका  प्रमुख जिल्ला अधिकारी एबम् प्रमुख अतिथि देवी पाण्डे खत्रीले समुद्घाटन गर्नु भएको हो ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, कुश्मा नगरपालिका वडा नं.-१ का कार्यबाहक वडा अध्यक्ष बिरेन्द्र रिजाल, मालढुङ्गा टोल सुधार समितिका अध्यक्ष र जनप्रतिनिधीहरु, स्थानीयबासीहरु, वुद्दीजीवी एवम् अन्य सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

बढ्दो जनघनत्वसंगै हुन सक्ने गैरकानुनी गतिविधि रोकथाम, मध्यपहाडी लोकमार्ग र कालीगण्डी कोरीडोरको मिलन बिन्दु रहेको तथा सो लोकमार्गमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुन सक्ने गिट्टी बालुवाको अवैध उत्खनन् नियन्त्रण गर्न कुश्मा नगरपालिका वडा नं. १ मालढुङ्गामा सो पोष्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *