काठमाडौं।
अफ्रिकी देश मोरिससविरुद्ध खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलको ५४ मिनेटमा विमल घर्तीमगरले गोल गरेका हुन्।
शनिबार घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। विमलले नेपालका लागि यो नवौं गोल गरेका हुन्