माघ मसान्तसम्म विद्यालय बन्द नै राख्न सरकारको निर्देशन

काठमाडाैँ ।

सरकारले माघ मसान्तसम्म विद्यालय बन्द नै राख्ने निर्णय गरेको छ । सिसिएमसीले गत माघ १४ गते गरेको सिफारिस अनुसार १६ गते बसेको सचिवस्तरीय बैठकले माघ मसान्तसम्म विद्यालय बन्द नै राख्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयद्वारा मंगलबार जारी सुचनामा भनिएको छ, ‘विद्यालय, विश्वविद्यालय, ट्युशन सेन्टर, कलेज तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालन गर्दा संवत् २०७८ माघ मसान्तसम्म भाैतिक रूपमा उपस्थितिमा सञ्चालन नगर्ने । त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाइ सञ्चालन गर्ने ।’

कोरोना भाइरसको तेश्रो लहर सुरू भएसँगै सरकारले माघको पहिलो हप्तादेखि नै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, सरकारले विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै परीक्षाहरू भने स्वास्थ्य मापदण्ड पालना गर्दै पुस ३० गतेको निर्णय अनुसार सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *