मोदी, पर्वत।
जिल्लाको मोदी गाउँपालिकाका उच्च पहाडी भूभागहरू जलजला, लेस्पार, क्याङ, भमरकोट, भुक, पञ्चासे लगायतका क्षेत्रहरू हिउँले ढाकिएका छन् । रातभरको वर्षा र चिसो बढेसगै ती भागहरू हिउँले सेताम्य भएका हुन् । वर्षा र हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।

जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार हाल देशमा पश्चिमी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।