बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच भेटवार्ता सुरु

काठमाडौँ ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ।

स्थानीय तह निर्वाचनको मिति, एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे आज (आइतबार) अपराह्न उनीहरू भेटवार्तामा जुटेका हुन् ।

प्रधानमन्त्री देउवाले आज प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीलाई बालुवाटार बोलाएका थिए। भेटवार्तामा प्रचण्ड पनि सहभागी छन् ।

यस्तै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि भेटवार्तामा सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *