चिकित्सा शिक्षा: एमबीबीएस लगायत स्नातक तहको प्रवेश परीक्षा चैतमा हुने

काठमाडौं।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस/बीडीएस, नर्सिङ, फार्मेसी लगायत चिकित्सा शिक्षाको स्नातक तह तर्फको एकीकृत प्रवेश परीक्षा आगामी चैतमा गर्ने तयारी गरेको छ।

आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले आयोगले चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षा आगामी चैतको मध्यतिर हुने जानकारी दिएका हुन्।

एकीकृत प्रवेश परीक्षाका लागि आयोगले फागुन ६ गतेसम्म आवेदन दिने म्याद तोकेको थियो।

कोइरालाका अनुसार २० हजार भन्दा बढीले चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा दिन आवेदन दिइसकेका छन्।
आयोगले कलेजहरुको सिट निर्धारण, प्रवेश परीक्षाका अन्य प्रक्रिया लगायतका कार्य गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *