रुसी आक्रमणबाट ४० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु

एजेन्सी ।

रुसी आक्रमणबाट अहिलेसम्म आफ्ना ४० जनाभन्दा बढी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

बीबीसीका अनुसार राजधानी किएभसहित युक्रेनमा मुख्य शहरहरूमा विस्फोटहरू भएको सुनिएको छ।

किएभका थुप्रै बासिन्दाहरू शहर छोडेर भागिरहेका विवरण आएका छन्।

युक्रेनी सुरक्षा बलले रुसका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ।

तर रुसको रक्षा मन्त्रालयले आफ्ना विमान र हेलिकप्टर खसालिएको दाबी अस्वीकार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *